नेप्सेमा ७.१३ अंकको गिरावट, ३ अर्ब ६९ करोडको कारोबार
काठमाडाैं | माघ २५, २०७९
काठमाडौं: मंगलबार एकै दिने ७६ अंकको वृद्धि पछि बुधबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको समान्य करेक्सन भएको छ । बुधबार बजार परिसूचक नेप्से ७.१३ अंकले गिरावट भएर २१७०.२१ अंकमा बन्द भएको छ ।
नेप्सेमा करेक्सन भएपनि कारोबार रकम भने बढेर ३ अर्ब ६९ करोड १९ लाख ७३ हजार पुगेको छ । मंगलबार उच्च अंकले बढेको बजाारमा बुधबार नाफा बुक गर्न खोज्ने लगानीकर्ताले बिक्री चाप बढाउँदा नेपसेमो तीव्र उतारचढाव देखियो भने कारोबार रकम पनि वृद्धि भयो ।
बुधबार नेप्सेसँगै अन्य बाहेक सबै उपसूचकमा गिरावट भएको छ । बुधबार नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ११ करोड २८ लाख ६७ हजार रुपैयाँको कारोबार हुँदा अपि पावरको १० करोड २१ लाख ६७ हजार र ङ्यादी ग्रुप पावरको ८ करोड ९५ लाख १३ हजारको कारोबार भएको छ ।
बुधबार कारोबार भएकामध्ये तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ३.३२ प्रतिशतले वृद्धि हुँदा धौलागिरि लघुवित्तको ३.०८ प्रतिशत र राधि विद्युत कम्पनीको सेयरमूल्य २.५९ प्रतिशतले बढेको छ ।
आदर्श लघुवित्तको सेयरमूल्य ५.१४ प्रतिशतले गिरावट हुँदा पोखरा फाइनान्सको सेयरमूल्य ४.९८ प्रतिशत र ग्रिन भेञ्चतर लिमिटेडेको सेयरमूल्य ३.८८ प्रतिशतले गिरावट भएको छ ।
बुधबार नेप्सेमा २१६ कम्पनीको सेयर कारोबार भएकोमा ६७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १४२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ७ कम्पनीको सेयरमूल्य स्थिर छ ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

